दिप्तीशिखा चौधरी
दंगीशरण, १८ चैत्र ।
दंगीशरण गाउँपालिकाको न्यायीक समितीमा पाचँ वर्षको अवधिमा १ सय २७ वटा मुद्धा दर्ता भएका छन् । गाउपालिका न्यायीक समितीका संयोजक पिमा वली खड्काकाअनुसार २०७४ देखि २०७८ सम्म १ सय २७ वटा मुद्धा दर्ता भएका थिए । जसमध्ये ४९ वटा मुद्धा न्यायीक समितीमै मिलापत्र भएका थिए । यस्तै मिलापत्र नभएका ८ वटा मुद्धा अदालत सिफारीस गरिएको थियो । न्यायीक समितीमा ३ वटा मुद्धाको निवेदन फिर्ता लिएको जनाईएको छ भने २ मुद्धा खारेज गरिएको छ । यस्तै ६४ वटा मुद्धा पर्छयौट गर्न बाकिँ रहेको न्यायीक समितीले जनाएको छ । स्थानीय तह आएदेखि न्यायीक समितीमा मुद्धा दर्ता हुनु एकदमै कम हो । पहिलो वर्ष संख्यात्मक हिसावले धेरै थियो तर पछि घट्दै गयो । दुई वर्ष कोभिडका कारणले लकडाउन भयो । लकडाउनका समयमा फोन तथा घरमै गएर मिलाउँने गरेका हौँ । दंगीशरणमा जटिल खालका मुद्धा कम मात्रामा छन् । पछिल्लो समय मेलमिलापकर्ता बाट मिलान हुने गरेको छ भने केहि मुद्धा गाउँमै गाउँका अगुवाहरुबाट मिलाउँने गरेका छौँ । संयोजक खड्काले भन्नुभयो । आर्थीक बर्ष २०७८/०७९ मा १८ वटा मुद्धा दर्ता भएको न्यायीक समिती संयोजक पिमा कुमारी खड्काले जानकारी दिनुभयो । जसमध्ये जग्गा विवाद २ र इज्जद आमद अनुशार खान लाउन नदिएको ३ वटा गरि ५ वटा मुद्धा पर्छयौट भईसकेका छन् ।
न्यायीक समितीका संयोजक खड्काका अनुसार अव १२ वटा मुद्धा पर्छयौट हुन बाकिँ रहेको छ । न्यायीक समितीमा यस आर्थीक बर्षमा सबै भन्दा धेरै इज्जत आमदअनुसार खान लाउन नदिएको भन्दै ११ वटा मुद्धा दर्ता भएका छन् । यस्तै जग्गा विवाद ६ वटा र प्रदुशण सम्बन्धि १ वटा १८ वटा मुद्धा दर्ता भएको संयोजक खड्काको भनाई छ । न्यायीक समितीमा २०७४/०७५ मा ३७ वटा मुद्धा दर्ता भएकोमा १६ वटा मिलापत्र भएको थियो । २०७५/२०७६ मा २४ वटा मुद्धा दर्ता भएकोमा ६ वटा यस्तै २०७६/२०७७ मा १७ वटा मुद्धा दर्ता भएकोमा ७ वटा मिलापत्र भएको र २०७७ /२०७८ मा ३१ वटा मुद्धा दर्ता भएकोमा १२ वटा मुद्धा कार्यालयमा पर्छयौट भएको छ । २०७४/०७५ देखि २०७८/२०७९ सम्म न्यायीक समितीमा मिलापत्र हुन नसकेका ८ वटा मुद्धा जिल्ला अदालत पठाईएको न्यायीक समितीका चन्द्रा वलीले जानकारी दिनुभयो ।
लाइभदाङ । १८ चैत्र २०७८, शुक्रबार १७:२६ बजे