
तुलसीपुर, १२ कात्तिक ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा विहानसम्म एक पोका रगत मात्रै थियो । विरामीले खोज्दा उपलब्ध गराउन निकै गाह्रो थियो । त्यो थाहा पाएपछि वाइसिएल दाङले पहल लियो ।
वाईसिएलका केन्द्रीय उपमहासचिब विरेन्द्र विक आफन्तीलाई उपचारमा ल्याउँदा एक पोका मात्रै रगत देखेपछि रक्तदान कार्यक्रम नै आयोजना भयो ।
“म आफन्तीको उपचारकालागि अस्पताल पुगेको थिएँ”,उनले भने“एक पोका आफन्तीकालागि रगत लिएपछि एक पोका मात्रै बाँकी थियो, अनि हामीले पहल लिएर रक्तदान आयोजना ग¥यौं ।”
वाईसिएल दाङले मंगलबार यसरी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जसबाट १९ जनाले रक्तदान गरेको वाईसिएल दाङका सचिब विप्लव वलीले बताए । उनका अनुसार जहाँ आफ्टेरो पर्छ, त्यहाँ वाईसिएल हाँजिर हुने उनले बताए । रगत नहुँदा कुनै ब्यक्तीको ज्यान नै जान सक्ने भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम गरिएको सचिब वलीले बताए ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार ०९:३१ बजे