
भालुवाङ १२ कात्तिक ।
दाङको बंगलाचुली गाउँपालिका–८ स्थित न्यू कालिका सामुदायिक वनको झाडीमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।
प्रहरी चौकी हाँसिपुर, दाङबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सामुदायिक वनको झाडीमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक फेला पारेको हो । प्रहरीले उक्त बन्दुकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद गरेको जनाएको छ ।
बरामद गरिएको बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गोपाल न्यौपानेले जानकारी दिए । बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार १९:४५ बजे