
दाङ, १२ कात्तिक ।
दाङमा एक जना पुरुषको खोलामा डुवेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कटुवाखोलामा डुबेका घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक केसीका अनुसार प्रहरीका अनुसार दिउँसो करिव १२: १५ बजे कुटुवाखोलामा डुबिरहेको अवस्थामा प्रहरीले उद्धार गरेर घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याएको थियो ।
गम्भीर घाइते विष्टलाई दिउँसो १ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिएका छन् ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार १८:०५ बजे