पश्चिम दाङमा आगलागीबाट भएको क्षतिप्रति वाणिज्य संघद्वारा दुःख व्यक्त

तुलसीपुर, १२ कात्तिक ।
बबई गाउँपालिका– ५ मा आगलागीबाट व्यवसायमा क्षति पुगेको घटनाप्रति तुलसीपुर उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा २०८३ कात्तिक ११ गते साँझपख बबई गाउँपालिका–५ मा आगलागी हुँदा व्यवसायी तथा सर्वसाधारणको सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेको छ ।

आगलागीबाट प्रभावित व्यवसायीप्रति सहानुभूति व्यक्त गर्दै संघले यस कठिन परिस्थितिमा आवश्यक सहयोग र सहकार्य गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।


‘विपद्जन्य घटनाको पूर्वतयारी तथा आगलागी नियन्त्रणसम्बन्धी उपकरणको अभावले उद्योगी, व्यवसायी र आम सर्वसाधारणको धनजनमा क्षति पुग्ने जोखिम बढिरहेको छ । यस्ता घटनाप्रति स्थानीय सरकार तथा सरोकारवाला निकायले गम्भीर ध्यान पर्छ ।’ संघका कार्यबाहक अध्यक्ष देव बहादुर केसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा पश्चिम दाङका विभिन्न स्थानमा आगलागीका घटनाबाट व्यवसाय तथा भौतिक संरचनामा क्षति पुग्ने क्रमलाई ध्यानमा राख्दै दमकल खरिद प्रक्रिया अघि बढाउन स्थानीय सरकारसँग माग गरिएको छ । आगलागिबाट गौरी घर्तीले संचालन गरेको सारिका श्रृङ्गार एव्म गिप्ट सप र भूम प्रकाश शर्माले संचालन गरेको ओम गंगा किराना पसल पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।