युद्ध रोक प्रदर्शन 

सुशील बस्नेत
दाङ,१५ चैत
युक्रेन र रुस बिचको जारी युद्ध रोक्न माग गर्दै दाङमा प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले दाङको तुलसीपुरमा प्रदर्शन गरेको हो ।
युद्धका कारण युक्रेनमा लाखौ नागरिक प्रभावित भएका शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले बताउनु भयो । ३६ लाख युक्रेनिले देश छोडेका छ्न भने ६५ लाख बढी आन्तरिक रुपमा बिस्थापित भएका बस्नेतले बताउनु भयो । त्यसकारण शान्ति बार्ता हुनु पर्छ र अब युद्ध रोकिनु पर्छ उहाँले भन्नू भयो ।
नागरिक समाजका सल्लाहकार टिकाराम रेग्मीले कयौं नागरिकको ज्यान गएको बताउनुहुदै बालबालिका अझ बढी प्रभावित भएका बताउनु भयो ।
समाजका केन्द्रिय सचिब निर्मल नेपालीले युद्ध कसैको पक्ष नहुने बताउनु भयो । उहाले तत्काल संयुक्त राष्ट्र संघले शान्ति बार्ताका लागि पहलकदमी चाल्न आग्रह गर्नु भयो । समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिब उषा गौतमले गर्नुभएको थियो ।