
तुलसीपुर,२७ भदाै ।
दाङकाे तुलसीपुर स्थित डिबी फेसन गार्मेन्ट प्रालिले दशाैं स्थापना दिवसमा बाढीपिडितलाई सहयाेग गरेकाे छ । सल्यान बागचाैर नगरपालिका ८ गैरागाउँ निवासी प्रमिला बुढाथाेकी(बस्नेत) काे परिवारलाई शनिबार घरमै पुगेर आर्थिक सहयाेग गरिएकाे हाे ।
बुढाथाेकी रसुवा स्थित वाढीमा परि वेपत्ता भएकी छन् । उनकाे भदाै २० मा कुशकाे शव बनाएर अन्त्यष्टी गरिएकाे थियाे । उनका श्रीमानकाे काेराेनाले गर्दा मृत्यु भएकाे थियाे । दुबै जनाकाे मृत्युपछि दुई छाेराहरू साहाराविहीन भएकाले केही सहयाेग हाेस् भनेर ५१ हजार एक सय २५ रूपैँया सहयाेग गरिएकाे हाे ।
सञ्चालक प्रकाश वलीले उक्त रकम बराबरकाे चेक परिवारलाई हस्तान्तरण गरेका हुन् । सानाे भएपनि घाउमा मलम हाेस् भनी सहयाेग गरिएकाे सञ्चालक वलीले बताए ।उनीहरूकाे १४ बर्षीय र ४ बर्षीय छाेरा छन ।



लाइभदाङ । २७ भाद्र २०८३, शनिबार १५:५७ बजे