भत्कियो हुलाकी राजमार्ग, सवारी आवागमन ठप्प

दाङ, २५ असार ।
लगातारको वर्षाका कारण हुलाकी सडकमा क्षति पुगेको छ । वर्षाले दाङको गढवा-राजपुर सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट भासिएको हो ।

वर्षातका कारण जम्मा भएको पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको छ । सडकमा क्षति पुगेपछि आवागमन रोकिएको छ ।


पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । निर्माणधिन अवस्थामा रहेको सडकको तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।