तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक जना घाइते

तुलसीपुर, १ पुष ।
दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ८ दुधेनाका ५३ वर्षीय दुब्र विक्रम पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार तुलसीपुरको राप्ती बबई क्याम्पसबाट अटो भिलेज तर्फ जादै गरेको रा १ त ४०८० नम्बरको ट्याक्टरले तुलसीपुरबाट एयरपोर्ट तर्फ जादै गरेको रा २ प १७३६ नम्बरको मोटरसाइकललाई तुलसीपुर ६ को लक्ष्मीनारायण मन्दिर नजिकै आइतबार आज दिउँसो पौने १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।


घाइते पाण्डेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुबै सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।