यी हुन्, दाङका १० स्थानीय तहका निर्वाचन अधिकृतहरु

बिशाल केसी
तुलसीपुर,१३ चैत / निर्वाचन आयोगले जिल्ला तथा स्थानीय तहका निर्वाचन अधिकृतहरुको टुंगो लगाएको छ । दाङमा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापालाई जिल्लाको मुख्य निर्वाचन अधिकृत तोकेको छ । उनले घोराही उपमहानगरपालिकालाई पनि हेर्नेछन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका उपन्यायाधिबक्ता राजेश्वर अर्याल, दंगीशरण गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिबक्ता देवराज भारती, गढवा गाउँपालिकामा जिल्ला समन्वय समितिका उपसचिब मोहन सुवेदी, बंगलाचुली गाउँपालिकामा जिल्ला अदालत दाङका स्रेष्तेदार हिरण्यप्रसाद भण्डारी, बबई गाउँपालिकामा मुख्यन्त्री तथा मन्त्रीपरिषद कार्यालय लुम्बिनीका उपसचिब दिनेश अधिकारी, राजपुर गाउँपालिकामा कारागार कार्यालय डिल्लीबजार काठमाडौंका जेलर बसन्तराज पुरीलाई तोकिएको छ ।

त्यस्तै राप्ती गाउँपालिकामा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका उपसचिब दिपेन्द्र ढकाल, लमही नगरपालिकामा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्ट र शान्तिनगर गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मशालिकराम ढकाललाई तोकिएको छ ।