वाइसिएल तुलसीपुरको अध्यक्षमा विप्लव

तुलसीपुर
१ चैत / माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएल) तुलसीपुर नगर अध्यक्षमा विप्लव वलीलाई चयन गरिएको छ ।

मंगलबार भएको सम्मेलनले विप्लवको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा खुमबहादुर डीसी, रवी बस्नेत,गणेश डीसी, सचिबमा देवराज वली,सहसचिबमा नबराज महर,राजु सुनार, दिवस परियार र कोषाध्यक्षमा सोनु थापालाई चयन गरिएको छ ।


सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर खड्का‘अनुपम’, तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी, वाईसिएलका केन्द्रीय सदस्य दिपशिखा घर्ती, वाइसिएलका जिल्ला इञ्चार्ज अमर नेपाली माईकल, जिल्ला संयाेजक माधव बुढाथाेकीलगायतको सहभागिता रहेको थियो ।