
काठमाडौं,२० बैशाख ।
सोमबार देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।



लाइभदाङ । २० बैशाख २०८३, आईतवार २२:१६ बजे