नेपाल स्वास्थ्य प्राबिधिक संघ दाङको अध्यक्षमा वली

तुलसीपुर,२८ फागुन ।
नेपाल स्वास्थ्य प्राबिधिक संघ दाङको अध्यक्षमा दोर्ण वलीलाई चयन गरिएको छ । शुक्रबार भएको जिल्ला अधिवेशनले वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा ठाकुर प्रसाद भट्टराई, लक्ष्मी ढकाल, सचिबमा रामेश्वर आचार्य, सहसचिब सिताराम न्यौपाने, कोषाध्यक्षमा डम्बर बिष्टलाई चयन गरिएको छ ।


त्यस्तै सदस्यहरुमा दिपकला पुन, सिन्धु हमाल, रजनी रोकाय, पूर्णबहादुर घर्ती, तिलक भुषाल, दिपा सुनार, हिलमाया डाँगी, शान्ति बुढामगर,मालती बुढाथोकी, सावित्रा पोख्रेल, सरिता चौधरी, ऐश्वर्या शाही, सम्झना बस्नेत, वञ्जना वली, मनिषा चौधरी, राज्यबहादुर ओलीलाई चयन गरिएको छ । त्यस्तै सम्मेलनले ओमप्रकाश न्यौपाने र गोपिलाल वलीलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।