दंगीशरण–५ सलौरामा नवनिर्मित योगहलको समुद्घाटन

दंगीशरण, ४ असार ।
हरेक स्थानियतहले आफ्नो निती तथा कार्यक्रममै योगलाइ समेटेर लग्नुपर्ने दगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । दंगीशरण ५ सलौरामा नवनिर्मित योगहलको समुदघाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो । दंगीशरण गाउँपालिकाबाट विनियोजित रकमबाट निर्मित योगहलको उद्घाटन दंगीशरण गाउँपालिकाको आयोजना तथा पतन्जलि योग समिती दंगीशरण गाउँपालिकाको सहजिकरणमा उद्घाटन गरीएको हो ।

शिवीर समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछि स्वस्थ अनि सस्कारयुक्त दंगीशरण निर्माण गर्न र योगमा सबैलाई जोड्न योगहल निर्माणको कामलाई तिब्रता दिएको बताउनुभयो ।

पहिलो वर्ष ३ वटा योग हल र यो आर्थिक वर्षमा २ वटा योग हल निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । गिरीले नेपाल सरकारले आफ्नो निती तथा कार्यक्रममै योगलाई समेटेकाले पनि अब हरेकदिन कक्षाकोठा प्रबेश गर्न अगाडी १० मिनेट भएपनि योग र प्रणायाम गर्न निर्देशन दिनुभयो ।


यस्तै शिवीर समापन अवसरमा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती पतन्जलि योग समिती लुम्बिनी प्रदेश सदस्य लक्ष्मि ओलीले सभ्य स्वस्थ र मर्यादित समाज निर्माणका लागी अव टोल स्तरवाटै योगको महत्त्व बुझाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय युवायुवतीहरु नकारात्मक सोचाइका कारण लागु पदार्थ तथा दुर्ब्यसनमा फस्ने गरेकाले पनि योग ध्यान र प्रणायाम यसको बलियो उपचार रहेको दावी गर्नुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै पतन्जलि योग समिती दाङका सह प्रभारी बिनोद चौधरीले प्रणायामले ब्यक्तीमा सकारात्मक उर्जा प्रदान गर्ने भएकाले यसको महत्त्व र प्रभाकारीताकावारे सवैजना जानकार रहनुपर्ने बताउनुभयो । उद्घाटन अवसरमा समाजसेवी डिल्लि आचार्य,पतन्जलि योग समितीका दंगीशरण प्रभारी दिपक बिष्ट, नगर सह प्रभारी करुणा केसि,महिला जिल्ला उपाध्यक्ष समिक्षा रिजाल,लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

दंगीशरण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा पतन्जलि योग समिति लुम्बिनि प्रदेशका सदस्य लक्ष्मि वलीको बिशिस्ट आथित्यतामा योगहल उद्घाटन समारोह सम्पन्न भएको हो । समाजसेवी स्थानिय बुद्धिजीवी गोविन्द प्रसाद आचार्यको स्वागत मन्तब्यबाट शुरुभएको योगहल उद्घाटन समारोहको सहजिकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएको थियो ।