तुलसीपुर १२ का नबनिर्वाचित जनप्रतिनिधिद्वारा वडावासीलाई कृतज्ञता

तुलसीपुर
१२ जेठ / तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडावासीलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

वडावासीको विश्वासले नै आफूहरु निर्वाचित भएको भन्दै सधै जनताको भावना अनुसार काम गर्ने नबनिर्वाचित वडाध्यक्ष खुसीराम चौधरीले बताए ।


अहिले सशक्त टिम विजय भएको भन्दै यसले जनताको भावना अनुसार काम गर्ने समेत बताए । जनताका हरेक समस्यासंग जुध्ने र समाधान गर्ने समेत उनले बताए ।‘जनताका समस्या भनेका हाम्रा समस्या हुन्, हामी जनतालाई जे समस्या पर्छ, त्यो हाम्र्रै समस्याका रुपमा लिएर समाधान गर्नेछौं’, उनले भने । मतदाताहरुको अमूल्य मतले विजयी भएको भन्दै वडाका हरेक विकास निर्माणका काममा दत्तचित्त भएर लाग्ने समेत उनको भनाई छ ।

अध्यक्ष चौधरीसहित वडा सदस्यहरु धनराज गौतम, शेषमणी भण्डारी, कमला घर्ती र विमला विश्वकर्माले निर्वाचनमा अनुमल्य मतदान गर्ने मतदाता, वडावासी, गठबन्धनका नेता तथा कार्यकर्ता,सुरक्षाकर्मी, पत्रकार, निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारी, पर्यवेक्षकलगायतप्रति कृतज्ञता ब्यक्त गरेका हुन् ।