पल्की आउलान कोहि

तिम्रो त्यो मायाँमा पल्की आउलान कोहि
आगो जस्तै लपक्क सल्की आउलान कोहि।

होस् गर है जवानीको रुपैले तान्ला नि फेरि
वैंसले तिमी तिर ढल्की आउलान कोहि।

कहाँ गर्न सकिन्छ र भर बिश्वास मान्छेको नि
जुनेली रातमा जुन झै टल्की आउलान कोहि।

ख्याल गर जोवान पनि समालेर राख न ल
नाई नास्ती गर्दा पनि छल्की आउलान कोहि।


तिम्रो त्यो मायाँमा पल्की आउलान कोहि
आगो जस्तै लपक्क सल्की आउलान कोहि।

टेकुलाल चौधरी,शान्तिनगर ७ बुराडाबर (दाङ)

साभारः अग्रिम साप्ताहिक

May be an image of 10 people, people standing, outdoors and text