एमालेमै फर्किइन् विमला वली

तुलसीपुर
१८ साउन /लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) पुनः एमालेमै फर्किएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट उपनिर्वाचन जितेकी उनले माओवादी केन्द्र रोजेकी थिईन् । वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरि माओवादी केन्द्र रोजेको जानकारी दिएकी थिइन । केही दिन देखि माओवादी केन्द्रको सम्पर्क भन्दा बाहिर रहेकी विमलाले सोमबार एक विज्ञप्ति जारी गरि एमालेमा फर्किएको बताएकी छिन् ।

उनले प्रदेशसभामा क्रियाशिल हुँदै गर्दा पार्टीप्रति केही गुनासा रहेको भन्दै अब ति गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमालेमा प्रतिबद्ध भएको उनले बताएकी छिन् । उनले एमालेको प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट समेत पारेकी छिन् ।

“उहाँको निधनपछि रिक्त रहेको प्रदेशसभा सदस्यमा उपचुनाब हुने भयो । यो उपचुनाबमा पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । शेकमा डुबेकी म उम्मेदवार बन्ने निर्णय गरेँ । कमरेड उत्तरकुमार ओलीले पार्टीलाई गर्नुभएको योगदान स्मरण गरे, जनताले गरेको विश्वासलाई सम्झे, अन्ततः यी सबै कुराले मलाई आत्मवल बलियो बनाएर उम्मेदवार बन्न प्रेरित ग¥यो । म चुनावी मैदानमा होमिए । चुनाब जितेँ”, उनले बिज्ञप्तिमा लेखेकी छिन्“ मेरो जीत केवल प्राबिधिम मात्रै थियो । चुनाबमा खास जीत कमरेड उत्तरकुमार ओलीको थियो र, र हो । मलाई पार्टीले उम्मेदवार बनाउनु पनि कमरेड उत्तरकुमार ओलीप्रतिको सम्मान हो, भन्ने मेरो निष्कर्ष छ ।”


उनले आफूले सूर्य चिन्हबाट चुनाब जितेको भन्दै कानुनी रुपमा पनि एमाले छोडेर माओवादी रोज्ने कुरा ठीक नभएको बताएकी छिन् । उनले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’बाट उपनिर्वाचन जितेकी छिन् । उनले आफू स्वास्थ्यमा समस्या हुँदा सम्पर्कमा आउन नसकेको बताएकी छिन् ।

No description available.

No description available.