हापुरेमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयाे 

देव राज कँडेल
हापुरे, २८ पुष ।  
दाङको बबई गाउँपालिकाको हापुरेमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको ३०२ औं जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । राप्रपा क्षेत्र नं. ३ प्रदेश ख दाङको आयोजना तथा राप्रपा बबई, दंगिशरण, शान्तिनगर र तुलसीपुर उपमहानगरपालिकाकाको समन्वयमा एक कार्यक्रमका बिच शान्तिपुर्ण र्याली सहित हापुरे बजार परिक्रमा गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको तस्विरमा माल्यार्पण गरि दिवस मनाईएको हो ।

राप्रपा क्षेत्र नं. ३ प्रदेश ुखु दाङका अध्यक्ष श्रीमणी न्युपानेको अध्यक्षता तथा राप्रपाका केन्द्रीय सदस्य मधुसूदन केसीको प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो। राप्रपा बबई ४ का अध्यक्ष सन्तराम सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालान टेकेन्द्रराज अधिकारीले गर्नुभएको थियो ।