सबइन्जिनियरको करार अवधि थप्न मेयरले बुझे बैंक खातामै एक लाख घुस

दाङ,३ चैत ।
सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ।

आर्थिक वर्ष ०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक लाख घुस लिएका थिए।

आर्थिक वर्ष २०८२–८३ को सेवा अवधि थप गर्न पनि उनले एक लाख घुस मागेको, तर नदिएपछि शाहलाई बर्खास्त गरेको आयोगको दाबी छ ।


अघिल्लो वर्ष एक लाख घुस दिएको पुष्टि भएपछि सबइन्जिनियर शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

वादी तत्कालीन माओवादी केन्द्रबाट मेयरमा विजयी भएका हुन्।