अप्टिमिस्ट क्लब अफ तुलसीपुरले एक वर्षमा के-के काम गर्यो ?

दाङ, १२ मङ्सिर ।
अप्टिमिस्ट क्लब अफ तुलसीपुरको वर्ष २०२५–२०२६ मा ९ वटाभन्दा बढी बृहत् कार्यक्रमहरू सम्पन्न गरेको छ। क्लबका अध्यक्ष नोबेल डीसीका अनुसार २०८२ मंसीर ८ गते निर्वाचित नयाँ कार्यसमितिले आफ्नो एक वर्षको कार्यकालमा सामाजिक, मानवीय तथा सांगठनिक क्षेत्रमा काम गरेको जनाएको छ ।

कार्यसमितिको कार्यकालमा ६ वटा औपचारिक बैठकहरू सम्पन्न गरी असहाय, विपन्न तथा अपाङ्गता भएका बालबालिकाको सहयोगलाई मुख्य प्राथमिकतामा राखिएको थियो।


सम्पन्न मुख्य सामाजिक तथा मानवीय गतिविधिहरू:
•न्यानो कपडा तथा शैक्षिक सहयोग: २०८२ मंसीर १७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का ४ वटा सामुदायिक विद्यालयका ६५ जना असहाय विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो। साथै मंसीर २० गते तुलसीपुर-६ स्थित दिदीघर संस्थाका बालबालिकाहरूलाई न्यानो कपडा प्रदान गरियो।
•अप्टिमिस्ट इन्टरनेसनल स्थापना दिवस: माघ २३ गते स्थापना दिवसको अवसर पारेर बबई गाउँपालिका वडा नं. ७ का सरस्वती मावि चर्करियाका २९ जना र आधारभूत विद्यालय सिद्धेश्वरीका २० जना गरी जम्मा ४९ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरियो भने तुलसीपुरको गुराहे चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो।
•सचेतना तथा क्षमता विकास: बालबालिकाको ज्ञान अभिवृद्धिका लागि तुलसीपुर-६ स्थित राप्ती बाल एकेडेमीमा विशेष सचेतना कार्यक्रम सञ्चालन गरियो। संस्थागत सुदृढीकरणका लागि फागुन १ गते सदस्यहरूका लागि ‘प्रि-इन्डक्सन एन्ड पार्लियामेन्ट्री मिटिङ प्रोसिजर ट्रेनिङ’ र फागुन १६ गते सदस्य तथा परिवारजनको उपस्थितिमा ‘परिवारसँग खुसी’ नामक पारिवारिक मिलन कार्यक्रम आयोजना गरियो। चैत्र २८ गते क्लबको भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो।
•अपाङ्गता मैत्री तथा आपत्कालीन सहयोग: २०८३ भदौ ५ गते माध्यमिक विद्यालय सारा (तुलसीपुर-८) मा सुस्तश्रवण भएका विद्यार्थीहरूका लागि सञ्चार प्रतियोगिता आयोजना गरी समावेशी समाज निर्माणमा योगदान पुर्‍याइएको छ। भदौ २२ गते भोटेकोशी नदीको बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली दीप प्रज्वलन गरियो भने कात्तिक १४ गते तुलसीपुर बसपार्कमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी रगत अभाव पूर्तिमा सहयोग पुर्‍याइएको छ।