
तुलसीपुर, १२ मङ्सिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना नयाँबस्ती निवासी भुपेन्द्रराज वलीको घरमा आगलागी भएको छ। शुक्रबार बेलुका अकस्मात् आगलागी हुँदा घरायसी सम्पूर्ण सामाग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। अचानक फैलिएको आगोका कारण घरभित्र रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको पीडित वलीले बताए ।
आगलागीबाट लत्ताकपडा, भान्साका भाँडाकुँडा, फर्निचर, गरगहना तथा नगद रुपैयाँसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब १५ लाख रुपैयाँभन्दा बढी क्षति भएको वलीले बताए ।



लाइभदाङ । १३ मंसिर २०८३, शनिबार १२:०८ बजे