जाल्पा सामुदायिकको केन्द्र प्रमुख समीक्षा गोष्ठी

घोराही, १६ बैशाख ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको शाखा स्तरिय केन्द्र प्रमुखहरुको समीक्षा गोष्ठी घोराहीमा सम्पन्न भएको छ । घोराही शाखाका केन्द्र प्रमुखहरुको समीक्षा गोष्ठी विहीवार घोराहीमा सम्पन्न भएको हो । शाखाका २ सय ४४ वटा केन्द्रका प्रमुखहरुको सहभागितामा गोष्ठी भएको हो । कार्यक्रममा केन्द्रले गरेका कार्यहरुको प्रस्तुतिकरण र समीक्षा गरिएको थियो ।

केन्द्र नम्बर ९४ का प्रमुख निर्मला डाँगीको अध्यक्षता र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रमा एक वर्षसम्म भएका कार्यक्रमहरुको बारेमा छलफल गरिउको थियो । उद्यम विकास अधिकृत सरद चौधरीले घोराही शाखा अन्तरगत भएको उद्यम विकास कार्यक्रमबारे जानकार गराउनुभएको थियो भने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण गरिएको थियो । गोष्ठीमा उत्कृष्ट ऋणी सदस्य घोषणा, सदस्यहरुको सफलताको बारमा प्रस्तुतिरकण र पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा उत्कृष्ट केन्द्रहरु अम्बीकेश्वरी केन्द्र जाल्पा सामुदायिक लघुवित्त निमालहल रोड, रमाईलो केन्द्र जाल्पा सामुदायिक लघुवित्त डाँडागाँउ र आश्था जाल्पा सामुदायिक लघुवित्त डुम्मबरगाँउलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट व्यवसायमुखी सदस्यहरु भगवति पुन मगर, धनसरी घर्ति, मनिषा बिक, उत्कृष्ट केन्द्र प्रमुख निर्मला डाँगी श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा केन्द्र प्रमुखहरुले लघुवित्तमा आवद्ध भएपछिको सफलताकाृ कथा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा लघुवित्त कार्यक्रम सुरु भएपछि महिलाहरु आर्थिक र सामािजक रुपमा सक्षम भएको बताएका थिए । उनीहरुले लघुवित्त संस्थाहरुबाट ग्रामीण क्षेत्रका महिलाहरु बिना धितो पाँच लाखसम्म लगानी, ग्रामीण कर्जा बिमा र पशु बिमा सुविधा, ग्रामीण कर्जा बिमा, महिलाहरुको स्वास्थ्य सुविधा, शिक्षा, स्वास्थ्य लगायतका सेवाले आफूहरुलाई सहज बनाएको केन्द्र प्रमुखहरुको भनाई थियो ।

कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका बरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्मा, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख कल्पना कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था घोराही शाखाका वरिष्ठ सहायक चन्दा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठीका सहजिकण शाखा प्रमुख माधवा रेग्मीले गर्नुभएको थियो ।