
तुलसीपुर, २२ माघ ।
दाङ क्षेत्र नं.३ मा बिभिन्न पार्टी परित्याग गरि दर्जन बढि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । तुलसीपुर १५ र बबई गाउँपालिका ४ हस्तनापुरबाट पार्टी प्रवेश भएको हो ।
नवप्रवेशीहरुलाई विहीबार पार्टीका तर्फबाट दाङ क्षेत्र नं.३ का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले स्वागत गरेका हुन् । त्यस अवसरमा उनले आफूले जे गर्न सकिन्छ, त्यही मात्रै बोल्ने बताए । आफूले गर्न नसक्ने कामहरु जनतामाझ नलैजाने समेत बताए ।“जति सकिन्छ, त्यति मात्रै बोल्ने हो”,उनले भने“नसक्ने काम हामी बोल्दैनौं ।”



लाइभदाङ । २३ माघ २०८२, बिहीबार २२:२४ बजे