
दाङ, ११ मंसिर ।
दाङको तुलसीपुरमा दिनदहाडै खुकुरी समाएर हिडिरहेका युवा यस अघि पनि पटक–पटक लागु औषध मुद्दामा पक्राउ पर्थे । पटक–पटक सम्झाई, बुझाई गरेर उनलाई छोड्ने गरिएको प्रहरीको भनाई छ ।
जसलाई शुक्रबार खुकुरीसहित नै पक्राउ गरियो । दिउँसो तुलसीपुरका बिभिन्न स्थानमा मा खुकुरी देखाएर पैसा माग्दै गरेका ति युवालाई पक्राउ गरिएको हो । उनलाई हाल इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।
उनले खुकुरी देखाएर पैसा नै माग्न खोजेको भए, मुद्दा दर्ता गरेर कानुन बमोजिम कारवाही गर्ने प्रहरीको भनाई छ । अनुसन्धान भइरहेकाले त्यसपछि मात्रै मुद्दा चल्ने वा नचल्ने भन्ने कुराको निर्क्यौल हुनेछ । “पहिले पनि पक्राउ परिरहन्थे, उनलाई लागु औषध मुद्दामा पक्राउ गरेर सम्झाई बुझाई गरि पठाउँथ्र्यौ”, प्रहरी स्रोतले भन्यो“ अहिले अनुसन्धान भइरहेको छ, यदि खुकुरी देखाएर पैसा माग्न खोजेको हो भने मुद्दा चल्छ ।”
प्रहरीले उनको नाम हाल सार्वजनिक गरेको छैन ।



लाइभदाङ । १२ मंसिर २०८३, शुक्रबार १९:३१ बजे