‘सुशासनमा युवाको भूमिका’ विषयक भिडियो प्रतियोगिता हुने

तुलसीपुर, ११ मंसिर ।
द नेश्नल युथ वेल फेयर नेपाल संस्था दाङले ‘सुशासनमा युवाको भूमिका’ विषयक भिडियो प्रतियोगिता आयोजना गरेको छ । देशभरबाट यो विषयमा बढिमा पाँच मिनेट बोलेर भिडियो पठाउनु पर्ने संयोजक द्रुबिन वलीले बताए । उनका अनुसार पठाईएको भिडियो संस्थाको पेजमा पोष्ट हुनेछ । त्यो पोष्टको भ्यूज र लाइकको आधारमा ४० प्रतिशत तथा विषयबस्तुको ६० प्रतिशत मूल्यांकन गरिनेछ ।

भिडियो मौलिक हुनुपर्ने सहसंयोजक पारश वलीले बताए । उनका अनुसार भिडियो डिसेम्बर १२ अर्थात मंसिर २६ गतेसम्म पठाउन सकिनेछ, भने प्रकाशित भिडियोहरु डिसेम्बर १७ अर्थात पुस २ गतेसम्म ‘प्रमोट’ गर्न सकिनेछ । जति धेरै सेयर, कमेन्ट, लाइक भयो, त्यतिनै भ्यूज जाने र भ्यूज र लाइक नै ४० प्रतिशत मूल्यांकनको आधार भएकाले सोही कुरालाई प्रोत्साहन गरिनेछ ।


भिडियोहरुको नतिजा २० गते प्रकाशित गरिनेछ । जम्मा सहभागि मध्ये २० प्रतिशत सहभागिलाई छनोट गरेर पुनः दोस्रो भौतिक कार्यक्रम गरेर प्रथम, द्धितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । भौतिक कार्यक्रमको शीर्षक भने नतिजा प्रकाशन पछि सार्वजनिक गरिने कार्यक्रम संयोजक इन्द्र बहादुर खत्रीले बताए ।

भिडियो ह्वाट्सएपमा पठाउनु पर्नेछ । ९७६७०२६९५९ र ९८४३९११९६४ मा पठाउन अनुरोध समेत गरिएको छ ।