एमाले र काँग्रेस त्यागेर माओवादीमा प्रवेश

तुलसीपुर
१८ वैशाख / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ बाट बिभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमाले शान्तिनगर गाउँ कमिटी सदस्य पोषण वली, युवा संघ शान्तिनगर ७ का अध्यक्ष दिपक रावत,नेकपा एमाले वडा कमिटी सदस्य प्रकाश जैसी,वसन्त रावत र नेपाली काङ्ग्रेस सक्रिय सदस्य प्रकाश लामिछाने माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


उनीहरुलाई माओवादी केन्द्रका नेता कुवेर वलीले स्वागत गरेका हुन् ।