ठाकुरले गरे ५५ हजारको अक्षयकोष स्थापना

तुलसीपुर, २९ माघ ।
तुलसीपुर–११ स्थित शान्ती आधारभुत विद्यालय नवलपुरमा एक समाजसेवि तथा राजनितिज्ञले अक्षयकोष स्थापना गरेका छन । सोहि ठाउका देवराज ठाकुरले ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।


गरिव तथा जेहेन्दार विद्यार्थिको पठन पाठनमा थोरै भएपनि राहत मिलोस भन्ने हिसावले अक्षयकोषको स्थापना गरेको ठाकुरले बताएका छन । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ठाकुरले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन ।

आज विद्यालयमा प्रदेशसभा सदस्य धनबहादुर मास्किको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा आयोजित अभिभावक भेलामा ठाकुरले अक्षयकोषको घोषणा गरेका हुन । यसैविच अभिभावक भेलाबाट सर्वसम्मत रुपमा कासिराम चौधरीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ ।