
तुलसीपुर,२२ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर नगर समितिले बाढी पीडितको सहयोगार्थ एक लाख बढी रकम जम्मा गरेको छ ।
नगर सभापति जीवन भण्डारीले सोमबार प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ जम्मा गरिएको बताए । बाढी पीडित नागरिकका राहत तथा पुनःस्थापनामा सहयोगका लागि प्रधानमन्त्री राहेता रकम पठाइएको उनले जनाए ।
भदौ १० गते बिहान ९ बजेतिर भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण ठूलो जन धनको क्षति भएको थियो ।



लाइभदाङ । २२ भाद्र २०८३, सोमबार १६:५३ बजे