देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार, ५६० थुनुवा हिरासतबाट भागे

काठमाडौं, २५ भदौ ।
अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।


त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् ।

जेजनीले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोड र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।