दंगीशरणमा स्थानिय उद्यमहरुको समर्थन,प्रबर्द्धन र लगानिका लागी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम

दंगीशरण, २ चैत्र ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनाम स्थानिय स्रोतहरुको सदुपयोग गरी स्थानिय उद्यमहरुको समर्थन,प्रबर्द्धन र लगानि गर्नका लागी सरोकारवाला सङ्गको छलफल तथा अन्तर्कृया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । अन्तर्कृया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले स्थानिय उत्पादनको उपयोग प्रयोग र बजारीकरण अहिलेको प्रमुख चुनौती रहेको बताएकाथिए ।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता,तथा ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आथित्यतामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्कृया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले तालिममा सहभागीको छनोट प्रक्रियालाइ उस्को रुचि,चहाना,तथा उसको पेसाको आधारमा पहिचान गरेर मात्र सहभागी बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय सस्तो दरमा ऋण लगेर अन्यत्र ब्याज लगाउने बिचौलियाका कारण बास्तविक किसानहरु मारमा परेको प्रती दुःख ब्यक्त गर्नुभयो ।

यस्तै अध्यक्ष गिरीले स्थानिय कच्चापदार्थबाट निर्मित स्थानिय उत्पादनको बजारीकरणतर्फ पनि आफुहरु गम्भीर रहेको बताउनुभयो । चुरेमा पाइने प्रसस्त पाइने थाकलबाट निकै आकर्षक बस्तुहरु उत्पादन गर्न संभावना रहेको ।


कार्यक्रममै बोल्दै ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कुनै पनि बस्तु बेच्न सक्ने किसान मात्र धनि बन्न सक्ने बताउनुभयो । कुनै पनि वस्तु खरीद गर्ने मात्र नभइ आफैले उत्पादन गरी बेच्न सक्ने हुनु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले कुनै पनि उधम शुरु गर्न आफु भित्रैबाट उत्सुक र लगाव हुन जरुरी रहेको बताउनुभयो ।यस्तै चौधरीले स्थानिय कच्चापदार्थको राम्रो संभावना रहेकाले पनि त्यसतर्फ उद्यमिहरु लाग्न आवश्यक रहेको बताउनुभयो ।

अन्तर्कृया कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि प्रकाश हाम्रो बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष चक्रमिलन सर्माले गर्नुभएकोथियो भने कार्यक्रमको सहजीकरण रेणुका विकले गर्नुभएकोथियो ।