दाङमा छोराले घाँटी रेटेर बुवाको हत्या

तुलसीपुर
४ फागुन / दाङमा एक ब्यक्तीले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार बुधबार दिउसो पौने १ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ३ बेलडाँडा निवासी २० बर्षीय गोपाल पुन मगरले आफ्ना ६३ बर्षीय वुवा कर्णबहादुरलाई धारीलो हतियारले रेटेर हत्या गरेका हुन् ।‘उनले पहिले घाँटीमा रेटेको र पछि त्यही हतियारले मुखमा घोचेर हत्या गरेको देखिन्छ’ प्रहरीले भन्यो‘ तरकारी काट्ने चक्कु प्रहार गरेको देखिन्छ ।’


गोपालले विगत केही दिन देखि बुवालाई धम्की दिने गरेको समेत खुलेको प्रहरीले बताएको छ ।

पुन बुधबार दिउसो नजिकैको धाराबाट पानी बोकेर ल्याउने क्रममा आँगणमै पुगेको बेला घाँटी रटेको स्थनीय विरबहादुर बिकले बताउनुभयो । ईलाका प्रहरी कार्यालय खिलतपुर र चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिइसकेको छ ।