दाङका पुराना कम्युनिष्ट नेता वीसीको निधन

दाङ, २६ कात्तिक । दाङका पुराना कम्युनिष्ट नेता मेघबहादुर वीसीको निधन भएको छ ।

दाङको घोराही निवासी वीसीको गएराति ७४ बर्षको उमेरमा निधन भएको हो । उनले दाङको कम्युनिष्ट आन्दोलनमा ठूलो योग्दान पु¥याएको एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताए ।


उनका अनुसार वीसी २०३५ साल देखि नेकपा माले संयोजन कमिटी दाङको निर्णय अनुसार भुमिगत भएका थिए । उनी पञ्चायती व्यबस्था विरुद्ध घरबास र व्यक्तीगत जीवन त्याग गरेर लागेका नेता हुन् । वीसीले दाङ,बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछामलागयतका जिल्लामा रहेर पनि पार्टीको जिम्मेवारी सम्हालेका नेता रहेको भन्दै उनको निधनले कम्युनिष्ट पार्टीमा ठूलो क्षति पुगेको उनको भनाई छ ।

वीसीको राति साढे १२ बजेतिर घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।