तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार

दाङ, ५ असोज । दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार भएको छ । विहीबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित दुई युवा बिच सामान्य विवादपछि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीका अनुसार खुकुरी प्रहारबाट तुलसीपुर १३ बखरिया निवासी ३४ वर्षीय रणदेब बस्नेत घाईते भएका छन् ।


हातमा गहिरो चोट लागेका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

खुकुरी प्रहार गर्नेमा तुलसीपुर १० राइखल्यान निवासी २८ वर्षीय राममणी चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । पूर्वरिसीबीका कारण खुकुरी प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ ।