तुलसीपुरको एक स्कुल बसको ठक्करबाट बालकको मृत्यु

तुलसीपुर, २१ असोज ।
दाङको तुलसीपुर स्थित एक स्कुलको बसले ठक्कर दिदा दुई बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका २ खलङ्गा घर भई हाल तुलसीपुर ५ रानीजरुवामा कोठा भाडा गरी बस्ने पप्पु नेपालीका छोरा आयन नेपाली रहेका छन् ।

प्रहरीका अनुसार आज बुधवार विहान लुप्र ०२–००१ क ०००४ नम्बरको स्कुल बसले तुलसीपुर ७ गैरापातुस्थित झोलुङ्गे पुल नजिकै ठक्कर दिदा नेपालीको मृत्यु भएको हो ।


बसले ठक्कर दिदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ ।