पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग संचालनमा

दाङ,१६ असार ।
लगातारको वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेको राप्ती राजमार्ग संचालनमा आएको छ ।

राप्ती राजमार्ग अन्तर्गत अरिंगाले फेदी नजिकै बिहान १० बजेतिर पहिरो जाँदा करिब आधा घण्टा अवरुद्ध बनेको सडक अहिले संचालनमा आइसकेको कपुरकोट प्रहरी चौकीका प्रमुख हेमराज कार्कीले जानकारी दिनुभयो ।


कपुरकोट क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण निर्माणाधिन राप्ती राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गरेको छ । प्रमुख कार्कीले अवरुद्ध सडक खुलाउन प्रहरी तयारी अवस्थामा रहेको बताउनुभयो ।