प्रहरी हवलदारको मोटरसाईकल ठक्करबाट विद्यार्थी घाइते

दाङ,५ वैशाख । दाङको तुलसीपुर स्थित कारागार कार्यालयमा कार्यरत प्रहरी हवलदारको मोटरसाईकल ठक्करबाट एक विद्यार्थी घाइते भएकी छन् ।

शुक्रबार विहान ११ बजेतिर कारागार कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हवलदार भरत थारुको मोटरसाईकलले ठक्कर दिएको हो ।

गुल्मचोकको जेब्राक्रसमा ठक्कर दिदा सल्यान घर भई हाल तुलसीपुर ८ दुधेना बस्दै आएकी १९ बर्षीय मुना बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ । उनको देब्रे खुट्टा भाँच्चिएको छ, भने टाउकोमा चोट छ ।


उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको यही १४ गतेबाट कक्षा १२ को परीक्षा समेत थियो । उनी हिमाल एकाडेमीकी विद्यार्थी हुन् । ४१ बर्षीय प्रहरी हवलदार थारु बर्दिया बढैयाताल ६ निवासी हुन् ।

उनी भे १४ प १६१ नम्बरको मोटरसाइकलमा सवार थिए । उनको बाँया खुट्टा र हातमा चोट लागेको छ ।