घोराहीमा विद्युत सेवा अबरुद्ध

दाङ, १७ जेठ । दाङको घोराहीमा विद्युत सेवा अबरुद्ध भएको छ ।

घोराहीको झिङ्नी स्थित ३३ केभिए लाईनमा आगलागी भई जम्पर चुडेकोले लाईन मर्मत कार्य भइरहेको छ । अहिले घोराही वितरण केन्द्रले लाईन मर्मत गरिरहेको छ ।


गर्मीको समयमा विद्युत सेवा अबरुद्ध हुँदा जनजीवन निकै प्रभावित बनेको छ । विहीबार साँझदेखि विद्युत सेवा अबरुद्ध भएको हो ।