लुम्बिनी प्रदेश सरकार : अदालतको निर्णय कुर्ने

बुटवल
२७ साउन /  लुम्बिनी प्रदेश सरकारले अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व अदालतको निर्णय कुर्ने जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीका अनुसार आज विहान मन्त्रीपरिषदको बैठक बसेको तर अविश्वासको प्रस्तावको विषयमा कुनै निर्णय नभएको बताए ।


मन्त्रीपरिषद बैठकले पुरानै एजेण्डामा बिभिन्न चार/पाँच वटा निर्णय गरेको बताए । मुख्यमन्त्रीको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले दावी गरे ।