अबैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन नियन्त्रण ।

दाङ,२५ चैत ।
मिति २०८२।१२।१७ गते देखि मिति २०८२।१२।२३ गते सम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले दाङ जिल्लाको विभिन्न स्थानमा अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) ओसारपसार कार्यमा संलग्न १३ वटा ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाई रु.३,५९,०५७र– (तीन लाख उनास्साठ्ठी हजार सन्ताउन्न) जरिवाना पश्चात उक्त सवारी साधनहरु सम्बन्धित ब्यक्तिहरुले बुझी लिएको ।