लक्ष्मण बस्नेत
दाङ, १५ असोज /
दाङको तुलसीपुरमा सञ्चालित तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ को उपाधी वडा नं. ७ ले जितेको छ । नेपाल कम्युनिष्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाईनल खेलमा वडा नं. ६ लाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं.७ ले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको वडा नं. ६ उपबिजेतामा सिमित रहदै नगद २५ हजार, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । अरनिको मैदानमा भएको कडा शानदार अनि रोमाञ्चक खेलको फस्ट हाफ्को सुरुवातमै वडा नं. ६ का जर्सी नं. ७ का टार्जन गिरिले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
कडा प्रतिस्पर्धात्मक खेलको ३१ औ मिनेटमा बिवेक रसाईलीको पासमा वडा नं.७ का जर्सी नं. १० का निशान बालान क्षेत्रीले जवाफी गोल गर्दै टिमलाई १–१ को बराबरीमा पु¥याए । निर्धारित समयसम्म दुबै टिमबाट थप गोल हुन नसकेपछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको थियो ।
फुटबल खेलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा १९ वडाका १६ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल कम्युनिष्ट पार्टी बहुमतको संगठन युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी बहुमतको संगठनका केन्द्रिय सदस्य एवं युवा जनस्वयंसेवक नेपालका केन्द्रिय फ्रयाक्सन ईन्चार्ज दिपक चलाउनेको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा दाङको फुटबलको विकासमा प्रशिक्षण मार्फत खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुर्याउने फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ र दाङ जिल्ला फुटबल संघका एन्फा प्रशिक्षक दुर्गा राजलवटलाई कदर पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पु¥याउने संघ संस्था तथा ब्यक्तीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको संचालन लिलाधर परियारले गरेका थिए।
लाइभदाङ । १५ आश्विन २०७९, शनिबार २०:४२ बजे