दाङमा निर्वाचनको तयारी पूरा

दाङ, २० फागुन ।
विहीबार हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार जिल्लाका एकसय ५९ मतदान स्थलका चारसय ८२ मतदान केन्द्रमै सामग्री पुगिसकेका छन् ।


साथै सबै मतदान केन्द्रहरुमा मतदातलाई मतदानकालागि छुट्टै लाइनको समेत ब्यबस्थापन गरिसकिएको छ । साथै जिल्लामा ५ हजार पाँच सय बढि सुरक्षाकर्मी समेत निर्वाचनको सुरक्षाकालागि खटिसकेका छन् । साथै निर्वाचनकालागि दुईहजार ८ सय ९८ कर्मचारी समेत खटिएका छन् । दाङमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा ४ लाख ३१ हजार ६ सय ८६ मतदाता रहेका छन् । साथै जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्रहरु पनि रहेका छन् । कारागार कार्यालय तुलसीपुर र घोराहीमा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लामा क्षेत्र नं।१ मा १४, क्षेत्र नं।२ मा २३ र क्षेत्र नं।३ मा २३ जना उम्मेदवार रहेका छन् । दाङमा एमाले महासचिब शंकर पोखरेलसहितका उम्मेदवारहरु छन् ।