‘जातीय विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव’

घोराही  ७ चैत ।


५७औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले दाङको घोराहीमा सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले पाएको उपलब्धिलाई संस्थागत गर्न थप योजना बनाउन जरुरी रहेको बताउनुभयो । वर्गीय समस्याले समाजमा विद्यमान विभेद चिर्न समतामुलक समाजको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । हरेक क्षेत्रमा सदियौदेखि बञ्चीत गरेर दलितको कोटा हटाउनुपर्ने विषय सान्दर्भिक नहुने नेपालीको जोड थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले अव दलित समुदाय जातभन्दा माथि उठ्नुपर्ने बताउनुभयो । त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले विभेदजन्य काम बिस्तारै हट्दै गएको भन्दै जातीय भन्दा पनि वर्गीय विभेद बढ्न थालेको बताउनु भयो । ५ प्रतिशत मानिस सग ९५ प्रतिशत मानिस बराबर सम्पत्ति भएको भन्दै अहिले वर्गीय विभेद बढेको बताउनु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले अब सोच बदल्नु पर्ने भन्दै आरक्षणमा निम्न आए भएका दलितलाई प्राथमिकता दिनुपर्ने तर्क राख्नु भयो । कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त लुम्बिनी प्रदेश प्रमुख पवन योगी, कानुन व्यवसायी गोपाल नेपाली, भुमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाई, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन लगाएतले दलित र गैर दलित बिचको विभेद अन्त्य गर्न शिक्षा र चेतनाको विकासमा सबैले नेतृत्वदायी भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो । उनिहरुले दलित अगुवाहरु एकै ठाउ नभएर राजनितिक दलका छुट्टै संगठनमा आवद्ध हुदा पनि आन्दोलन निष्कर्शमा पुग्न नसकेको बताएका थिए । साथै विभेद अन्त्य नभए सम्म समाज समृद्ध बन्न नसक्ने बताएका थिए । वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन परियारले गर्नु भएको थियो ।।