कांग्रेस उम्मेदवार बस्नेत केराघारिमा

निराश पान्डे
शान्तिनगर,२१ बैशाख ।

नेपाली कांग्रेस शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेत घर दैलोको पांचौ दिन अन्तर्गत आज वडा नम्बर तिनको केराघारिमा पुगेका छन। तीन नम्बर वडाको बिकट बस्ती मानिने केराघारिमा मतदाताहरु समक्ष आफ्नो नेतृत्वमा रहेको कांग्रेस उम्मेदवार हरु लाई मतदान गरि बिजयी गराउन आग्रह समेत गरेका छन। घर दैलो कार्यक्रम पश्चात् गरिएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार बस्नेतले केराघारीमा खानेपानीको समस्या रहेकोले यहाँका जनताहरु लाई आफुले चुनाव जिति सके पछि पहिलो काम खानेपानीको ब्यबस्था मिलाउने प्रतिबद्धता जनाउदै सडक र शिक्षा लाई पनि आफुले प्राथमिकतामा राखेको बताएका छन।


घर दैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार प्रेमा बुढाथोकी के सि, वडा अध्यक्ष पदका उम्मेदवार मीन बहादुर के सि , वडा नम्बर तीन कांग्रेस पार्टी सभापति पार्बती पुन लगाएत ले कोणसभा लाई सम्बोधन गरेका थिए। कार्यक्रममा सयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो।आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्रीकोणात्मक प्रतिस्पर्धा रहेको छ।