उम्मेद्वार नै नेकपामा प्रवेश, मास्कीद्वारा स्वागत

तुलसीपुर, ११ फागुन ।
दाङ क्षेत्र नं.३ बाट आम जनता पार्टीका उम्मेद्वार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । सोमबार नेकपा तुलसीपुर ९ को आयोजनामा भएको चुनाबी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेकपा दाङ–३ का उम्मेद्वार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए ।

त्यस अवसरमा मास्कीले मुलुकमा संघीयता, समावेशी, धर्मनिरीपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सबै बर्गको सहयोग आबश्यक रहने बताए । त्यस अवसरमा नवप्रवेशी उम्मेदवार नेपालीले आफूले नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको बताएकी छन् ।


वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसंयोजक दुर्गा शर्माले बताए ।