
दाङ, ८ फागुन ।
दाङको तुलसीपुरमा एमालेको झण्डा जलाउने एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा शुक्रबार तुलसीपुर ७ कालाखोला निवासी ५५ बर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।
झण्डा जलाउने तीन जनाको पहिचान भएको छ । ति मध्ये दुई जना फरार रहेका छन् । उनीहरुको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । दाङको घोराहीमा हुने कार्यक्रममा सहभागि हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको विरेन्द्र चोकमा भेला भएका समर्थकहरुले झण्डा जलाएको भन्दै एमालेले कारवाहीको माग समेत गरेको छ । एमालेले शुक्रबार अपरान्ह ४ बजेतिर दाङको घोराहीमा प्रदर्शन समेत गरेको छ ।



लाइभदाङ । ८ फाल्गुन २०८२, शुक्रबार १८:५६ बजे