
दाङ,१३ पुस । प्रगतिशिल लोकतान्त्रिक पार्टीले लुम्बिनीमा एकता गरेको छ । केन्द्रमा एकता भएपछि सोही अनुसार लुम्बिनी प्रदेशमा पनि एकता गरेको हो । शनिबार दाङको भालुवाङमा भएको एकता भेला गरिएको हो ।
भेलाले ५ सदस्यीय अध्यक्ष परिषद चयन गरेको छ । जसमा यज्ञ पोख्रेल, पंकज राई, बुद्ध सुनार, इन्दिरा पुरी र नारायण नागिला रहेका छन् । साथै प्रदेश प्रबक्तामा विरेन्द्र हरिजन र मुख्य सचिबमा टोपबहादुर कार्कीलाई चयन गरिएको छ । साथै १२ वटै जिल्लाका इन्चार्ज, अध्यक्ष तथा सचिब पनि चयन गरिएको छ ।
भेलाले पुस मसान्त भित्र प्रदेशका तीन स्थानमा जेनजी सम्मेलन पनि गर्ने निर्णय गरेको छ । प्रदेश इन्चार्ज नारायणी शर्माका अनुसार रुपन्देही, बाँके र दाङमा जेनजी सम्मेलन गर्न लागिएको बताए ।
त्यस अवसरमा पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख जगप्रसाद शर्माले पार्टी आगामी चुनाबबाट राष्ट्रिय शक्तिका रुपमा उदय हुने बताए । उनले आफूहरु तत्कालिन माओवादी केन्द्रबाट फुटेको नभइ नयाँ पार्टी निर्माण गरेको समेत बताए ।“विगतमा फुटेका पार्टीले फुटको पुष्टि गर्न सकेनन्, भन्ने ¥यूमर तयार गर्न खोजिदैछ”,उनले भने “हामी फुटेका होईनौं,तत्कालिन पार्टीले अन्य दलसंग एकता गरेपछि हामीले त्यता नगई नयाँ पार्टी निर्माण गरेका हौं ।”
साथै नयाँ पार्टीको संगठनात्मक पद्धति पनि फरक रहेको बताए । यसमा एक ब्यक्ती अध्यक्ष नभई समावेशीताका आधारमा अध्यक्ष मण्डल हुने र त्यही अध्यक्ष मण्डलको सहमतिका आधारमा बैठक तथा कार्यक्रम सञ्चालन गर्ने समेत उनको भनाई छ । यसमा सामूहिक नीति र सामूहिक नेतृत्वको अभ्यास गर्न थालिएको उनको भनाई छ ।
साथै उनले द्वन्दात्मक एतिहासिक भौतिकबाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको भन्दै पार्टीले कम्युनिष्ट छोेडेको भनि गलत हल्ला फैलाईएको समेत बताए ।



लाइभदाङ । १३ पुष २०८२, आईतवार ०८:४३ बजे