जिकज्याक जोडिएको हनुमान इट्टा उद्योगलाई सञ्चालन गर्न दिने आदेश

तुलसीपुर, १ पुस । दाङको तुलसीपु उपमहानगरपालका वडा नं. १८ स्थित जयश्री हनुमान इट्टा उद्यागलाई निरन्तर सञ्चालन गर्न उच्च अदालत तुलसीपुरले आदेश गरेका छ । मंगलबार अदालतले आदेश दिदै नियमित सञ्चालन गर्न भनेको हो ।

उक्त उद्योगले बर्षभरि नै उद्योग सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा इट्टा उपलब्ध गराउँदै आएको उक्त उद्योगले जिकज्याक प्रबिधि जडान गरेर प्रदुशन न्यून गर्दै आएको छ । उक्त उद्योग जिल्लामै एक मात्र जिकज्याक प्रबिधि जडान गर्ने उद्योग हो । जिकज्याक प्रबिधि जडान गर्दा अन्य उद्योग भन्दा न्यून प्रदुशन भएको धुवा फाल्ने गर्छ ।

उक्त उद्योगलाई पुस मसान्त भन्दा अगाडी नै आगो लगाएको भन्दै मुद्दा परेको थियो । विगतमा पनि केन्द्रको पत्र अनुसार प्रदुशन हुने भन्दै पुस मसान्त अघि इट्टा पोल्नकालागि आगो नलगाउन नहुँने भन्दै अदालतमा मुद्दा हालेपनि हनुमान इट्टा उद्योगकै पक्षमा फैसला गरेको थियो । उच्च अदालत तुलसीपुरका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइराला र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले घरेलु तथा साना उद्योग कार्यालय दाङ र दाङ देउखुरी इँटा व्यवसायी संघका नाममा अन्तरिम आदेश दिदै ‘स्वीकृत प्राप्त उद्योगले जिकज्याक फाइरिङ प्रविधिको अवलम्बन गरी इँटा पोल्ने कार्य गरेकाले इँटा फाइरिङ गर्ने कार्यमा कुनै अवरोध नगर्न’ भनेको थियो ।


पुस मसान्त अघि उद्योगमा आगो हाल्ने कार्य विरुद्ध बाँकेबाट अधिबक्ताहरु आएर मुद्दा हालेका थिए । केही अधिवक्ता तथा अधिकारकर्मीहरु मिलेर उद्योगसहित सम्बन्धित नियामक निकायहरुलाई समेत विपक्षी बनाएर मुद्दा हालिएको थियो । उनीहरुले दाङ जिल्लामा रहेको इट्टा उद्योगले पुस मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य गर्नुपर्नेमा मंसिरकै महिनामा आगो लगाउने कार्य गरेको भन्दै रोक्न माग गरेका हुन् । यद्यपी हुनुमानले जिकज्याक जडान गरिएको भन्दै बर्षभरि नै सञ्चालन गर्दै आएको छ । जिल्लामा हाल इट्टा उद्योगहरुले इट्टालाई कृत्रिम अभाब बनाउन खोजिरहेका छन् । हाल हनुमानले रु१५ मा प्रति इट्टा उपलब्ध गराउँदै आएको छ । अन्य उद्योगहरुले महंगोमा विक्री गर्दै आएका छन् । हनुमानले इट्टा उत्पादन बन्द गरेमा इट्टा अझै महंगो पर्न जाने अनुमान गरिएको छ । हाल कुनै पनि उद्योगमा इट्टा छैन । यसरी उद्योगमा इट्टा अभाब गर्ने प्रयत्न भइरहेको छ ।

हाल हनुमान उद्योगमा दुई सय बढि मजदुरले काम गर्दै आएका छन् । जसमा अधिकांश दाङवासी नै रहेका छन् । इट्टा बोक्ने, काँँचो इट्टा बनाउने, प्रशासनिक काम गर्ने, गाडी चालक, सहचालक जना, रावेश म्यानलगायतले काम गरिरहेका छन् ।