शान्तिनगरका विकको शव पाँच दिन पछि भेटियो

फाईल फोटो

निराश पाण्डे
शान्तिनगर, ७ भदौ ।

दाङका एक व्यक्तीको शव पाँच दिन पछि भेटिएको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. ४ निवासी ५३ बर्षीय बमबहादुर विकको शव आज(सोमबार) फेला परेको हो ।


दंगीशरणको बागरको नहरमा पुरिएको अबस्थामा फेला परेको स्थानीय तेज बहादुर बिकले जनाएका छन् । उनी भदौ ३ गते खेतको काम सरेर घर फर्किने क्रममा एकली खोला तर्ने क्रममा बगाएको हो । उनको शवलाई आजै दाहसंस्कार गरिएको छ ।