दाङका पालिकामा काँग्रेस र वडामा एमालेको बर्चश्व

दीपक बोहरा
दाङ,१२ जेठ ।
दाङमा पालिकामा काँग्रेसले बर्चश्व जमाएको छ, भने वडामा एमाले अघि छ । दश वटा स्थानीय तह मध्ये काँग्रेसले पाँच वटा, माओवादी केन्द्रले तीन वटा र एमालेले २ वटा स्थानीय तहमा जित हात पारेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराहीमको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डीसी विजयी हुनुभएको छ, भने तुलसीपुरको नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको छ । त्यस्तै काँग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हाँसिल गरेको छ । यी पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुबै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बंगलाचुली,राप्ती र गढवा गाउँपालिकामा विजयी हाँसिल गरेको छ । यी तीन वटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बंगलाचुली र गढवाको उपप्रमुखमा काँग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रिेतेन्द्रबहादुर थापाले बताए । दाङमा १० स्थानीय तह छन् । २०७४ सालमा भने एमालेले ६, काँग्रेसले ३ र माओवादी केन्द्रले एक स्थानीय तहमा जित हात पारेको थियो ।

वडामा एमाले धेरै
वडामा भने एमालेले धेरै सिट जितेको छ । १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले १/१ तथा स्वतन्त्रले दाङमा २ वटा वडा जितेको छ ।


घोराही उपमहानगरपालिकामा १३ वटा वडा एमालेले जितेको छ, भने ५ वटा वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुर उपमहानगरपालिकामा १९ वटा वडा मध्ये १० वडा एमालेले, ५ वटा काँग्रेस, ३ वटा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जित्न सफल भएको छ । लमही नगरपालिकामा ८ वटा वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले ४ वटा,माओवादी केन्द्रले २ , काँग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले १/१ वटा वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले ४, एमालेले २ र काँग्रेसले २ वटा वडा जितेको छ । दंगीशरण गाउँपालिकामा ४ वटा वडा एमालेले जितेको छ, भने तीन वटा वडा काँग्रेसले जितेको छ । बंगलाचुली गाउँपालिकामा ४ वटा वडा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ, भने चारवटा वडा काँग्रेसले विजयी हाँसिल गरेको छ । बबई गाउँपालिकामा काँग्रेसले ४ र एमालेले ३ वटा पालिका जितेको छ ।

राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा ३ जना एमाले र काँग्रेसले २/२ वडा जितेका छन् । अघिल्लो निर्वाचनमा काँग्रेसको ४, माओवादी केन्द्रले ३ वडा जितेको छ । शान्तिगरमा काँग्रेसका ३, एमालेका २, माओवादी र स्वतन्त्रका १/१ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा भने काँग्रेसले सबै भन्दा बढि वडा जितेको थियो । जतिबेला काँग्रेसले ४२, एमालेले ३१ र माओवादी केन्द्रले २६ वटा वडा जितेको थियो, भने एउटा वडा स्वतन्त्रले जितेको थियो ।