
दाङ,१२ पुस ।
माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेश रावत सर्वसम्मत चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक भागवत पौडेल चयन भएका छन । यस्तै अन्य सदस्यहरुमा दुजमान भण्डारी, भुपाल खनाल, सुशिला खडका, सरस्वती खनाल र नारायाण प्रसाद रजौरे चयन भएका छन ।
त्यसैगरी गुमान छन्त्यालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको सदस्यमा पुष्पा वली, पुजा वली, दिलकुमारी बस्नेत, लोक बहादुर बिसी, प्रेमकला केसी, हेमराज लामिछाने, अनिता पौडेल, दुर्गाराज लवट , रुद्र बहादुर डाँगी र भागवत पौडैल रहेका छन् ।
यसैबिच समिति गठनपछि बसेको बैठकले नर्सरी देखि कक्षा ५ सम्मका करिब १५ सय विद्यार्थीलाई साउन महिनादेखि मंसीर महिनासम्मको दैनिक २० रुपैयाँका दरले खाजावापतको खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।



लाइभदाङ । १२ पुष २०८२, शनिबार ०८:१६ बजे